डा. गिरीलाई आइसीटी एक्सिलेन्स अवार्ड

  बैशाख २१, २०८१

दाङ, २१ बैशाख । सञ्चार तथा सूचना प्रविधिको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै सरकारले डा. शैलेन्द्र गिरीलाई आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरेको छ । पुरस्कारको राशी एक लाख रुपैया रहेको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले डा. गिरीलाई आइसिटी एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मान गर्नुभएको थियो । प्युठानमा जन्मिएर दाङ जिल्लालाई कर्मथलो बनाएर आइसिटीको क्षेत्रमा योगदान गर्नुभएका डा. गिरी राप्ती इन्जिनियरिङ कलेजका कार्यकारी निर्देशक हुनुहुुन्छ । गिरीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको कार्मिक तालिम प्रतिष्ठान र स्थानीय विकास तालिम प्रतिष्ठानमा छ वर्षसम्म कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको थियो । प्युठान जिल्लाको झिमरुक गाउँपालिका दहखोलाका स्थायी निवासी डा. गिरीले कम्प्युटर विज्ञानमा पीएचडी गर्नुभएको छ । ई–गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर नीति तथा कानून, आर्टिफिसियल इन्टेलिजेन्स, अनलाइन शिक्षा, प्रविधि व्यवस्थापन, सूचना प्रविधि सम्बन्धी उद्यम लगायतका क्षेत्रमा उहाँले स्वदेश तथा विदेशमा धेरै जर्नल लेख प्रकाशित गर्नुभएको छ । डा. गिरीको ‘डाइमेन्सन अफ ई–लर्निङ’ नामक अनुसन्धान पुस्तक प्रकाशित भएको छ । त्यसैगरी, गिरी कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुनुहुन्छ । सूचना तथा सञ्चार प्रविधिमा योगदान पु¥याएबापत विभिन्न सात क्षेत्रका व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर