केरियर काउन्सेलिङ इन साईबर सेकुरिटी एण्ड सफ्टवयर इञ्जिनियरिङ कार्यक्रम आयोजना

  असार २५, २०८१

 

२३ असार, दाङ । आइसिटी क्लब अफ राप्ती इञ्जिनियरिङका आयोजनामा केरियर काउन्सेलिङ इन साईबर सेकुरिटी एण्ड सफ्टवयर इञ्जिनियरिङ कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रमका मुख्य प्रशिक्षक अमेरिकाको प्रतिष्ठीत Cedargate (Deerwalk Inc), Ing group कम्पनीमा विगत ४ बर्षदेखि कार्यरत अधिकार चौधरीले साईबर सेकुरिटी एण्ड सफ्टवयर इञ्जिनियरिङ को अवसर, महत्व तथा चुनौतीहरु, विद्यार्थीहरुको लागि आवश्यक पर्ने कोर्षहरु कुन कुन माध्यमबाट कम शुल्कमा कसरी अध्ययन÷तालिम गर्न÷लिन सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिनु भएको थियो । विद्यार्थीहरुलाईअति उपयोगी कोर्षहरुको बारेमा जानकारी गराउदै कुनै पनि विद्यार्थीले कुनै एउटा विषयमा ज्ञान आर्जन गरी सोही ज्ञानलाई व्यहारमा उतार्न सुझाव दिनु भएको थियो । चौधरीले आफूले पनि डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ अध्ययन गर्ने बेला राम्रो केरियर काउन्सेलिङ प्राप्त गर्न नसकी रोजगारी तथा अध्ययनमा पछि परेको आफ्नो अनुभव सुनाउनु भएको थियो ।

कार्यक्रममा चार्टर एकाउटेन्ट चन्द्रमा अधिकारीले विद्यार्थीहरुको लागि अडिटिङ प्रक्रिया सबै ठाउँमा आवश्यक पर्ने भएकोले कम्प्युटरका विद्यार्थीहरुको लागि पनि आवश्यक हुने भएकोले सबलाई राम्रोसंग सोच विचार गरी अध्ययन गर्नु सुझाव दिनु भएको थियो ।

कार्यक्रममा कलेज व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले केरियर काउन्सेलिङ विद्यार्थीहरुले भविष्यमा आफनो रुचि, क्षमता र नयाँ नयाँ क्षेत्रमा जानको लागि सहयोग पुग्ने बताउनु भयो । डा.गिरीले सीपको विकास र शैक्षिक योग्यताको प्रमाण पत्र भएमा विश्वको जुनसुकै ठाउँमा बसेर सजिलैसग काम गर्न सकिने बताउनु भयो । डा. गिरीले आफुले अध्यापन गराएका पूर्व विद्यार्थी तथा कार्यक्रमका बक्ता अधिकार चौधरी विशेष धन्यवाद दिनु भएको थियो । उक्त अवसरमा कलेजको तर्फबाट डा.गिरी माया चिनो समेत प्रदान गर्नु भयो ।

कार्यक्रमका कलेजका एकेडेमिक कोर्डिनेटर एवं विई सिभिल विभागिय प्रमुख ई. बाबुराम जोशीले कुनै पनि विद्यार्थीहरुको लागि भविष्य तयार गर्नको लागि क्यारियर काउन्सिलिङ आवश्यक पर्ने भएकोले सबैले अवसरको रुपमा लिनु पर्ने बताउनु भएको थियो ।
अध्यक्षता क्लवका अध्यक्ष राजन भण्डारीले अध्यक्षता गरेको कार्यक्रममा शिक्षक, कर्मचारी र डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुको सहभागिता रहेको थियो भने सञ्चालन क्लवका सल्लाहकार मनोज कुमार शर्माले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर