दश दिने वर्ड प्रेस वेब विकास बुट क्याम्प तालिमको आयोजना
२१ असार ,घोराही । आइसिटी क्लब अफ राप्ती इञ्जिनियरिङको आयोजना तथा कोड चेन्ज अफ दाङ को प्राबिधिक सहयोगमा दश दिने वर्ड प्रेस वेब विकास बुट क्याम्प आयोजना गरेको छ । क्लवका अध्यक्ष राजन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तालिमको शुभकामना दिदै कलेज निर्देशन मधुसुदन बैद्यले सम्पूर्ण बिद्यार्थीहरुलाई अनुशासित भई तालिममा सहभागी भएर ज्ञान लिन आग्रह गदै दश दिने तालिमको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कलेजका एकेडेमिक कोर्डिनेटर एवं बिई सिभिल बिभागीय प्रमख ई. बाबुराम जोशी, बिसिए बिभागीय प्रमुख बिश्वबन्ध थापा, शिक्षिका शर्मिला चौधरी, प्रशासन प्रमख धनेश्वर चौधरीले शुभ–कामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । क्लब अध्यक्ष राजन भण्डारीले तालिमको उद्घेश्य माथि प्रकाश पार्दै सम्पूर्ण बिद्यार्थीहरुलाई सक्रिय सहभागिताको लागि आग्रह गर्नु भएको थियो । अध्यक्ष राजन भण्डारीले फ्रन्टएन्ड वेब विकास र अर्का प्रशिक्षक क्लबका सल्लाहकार समितिका नवराज पोख्रेलले वर्ड प्रेस वेब विकास बुट क्याम्प को बारेमा प्रशिक्षण गराउन ुहुनेछ । तालिममा बिई कम्प्युटर डिप्लो इन कम्प्यटर इञ्जिनियरि कार्यक्रमका विद्यार्थीहरुको सहभागिता रहने छ । राजन भण्डारकिो अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्लबका सचिव सन्देश आचार्यले गरेका थिए ।