गोरखा मावि तुलसीपुरलाई वर्ष उत्कृष्ट स्कुल अवार्ड

  कार्तिक २१, २०८०

दाङ, २१ कार्तिक ।
दाङको तुलसीपुरस्थित गोरखा मावि तुलसीपुरलाई जापानमा आयोजित एक कार्यक्रमका बिच वर्ष उत्कृष्ट मावि लुम्बिनी प्रदेश अवार्ड २०२३ बाट सम्मान गरिएको छ । जापानको एभरेस्ट इन्टरनेसनल स्कुलमा आयोजित एक समारोहमा सो अवार्ड प्रदान गरिएको हो ।

कलेज रिडर्सको आयोजनामा  सम्पन्न अवार्ड समारोहमा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, संघीय सासंद तेजुलाल चौधरी, कलेज रिडरका संरक्षक र प्रबन्धक जितेन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
अवार्ड गोरखा ग्रुपका एकेडेमिक डाइरेक्टर दुर्गा केसीले ग्रहण गरेका थिए । शिक्षाको गुणस्तर, स्कुलको भौतिक पूर्वाधार, कार्यदक्षता, परीक्षा परिणाम, सामाजिक कार्यको मुल्याङ्कन गर्दै विद्यालयलाई अवार्डबाट सम्मानित गरिएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर