राप्ती इञ्जिनियरिङ कलेजमा पूर्व विद्यार्थी समाजको नयाँ कार्यसमिति गठन

  चैत १७, २०८१

घोराही । राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा विभिन्न संकाय अध्ययन गरेका पूर्व विद्यार्थीहरुको भेला सम्पन्न भएको छ । पूर्व विद्यार्थीहरुको भेलाले ई। राजाराम चौधरीको अध्यक्षतामा पूर्व विद्यार्थी समाजको नयाँ कार्यसमिति गठन गरेको छ ।
जसमा उपाध्यक्षमा ई। मधुसुदन खतिवडा, सचिव ई। धर्मराज आचार्य, सह—सचिव ई।लोकेन्द्र डाँगी, कोषाध्यक्ष ई।मन्जु डाँगी, सदस्यहरुमाई। सुमन पौडेल, ई। उषा किरण पुन, नविन घिमिरेर तेज बहादुर बुढाथोकीचयन हुनुभएको छ । समाजको सल्लाहकारहरुमा ई। श्रीधर भट्टराई, दिपक खड्का, सुचित विष्ट, दैवज्ञराजजोशी र विशाल घर्ति रहनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका परीक्षा समिति सदस्य निमबहादुर डिसीले कुनै पनिव्यक्तिहरु हरेक विकास कार्यको लागिगाउँ, समाज, राष्ट्रसंग जोडिनु पर्ने भएकोले कलेजको पूर्व विद्यार्थीहरुको तर्फबाट गरिने क्रियाकलापहरुको आधारमाकार्य गर्नुपर्ने बताउनु भएको थियो । डिसीले पूर्व विद्यार्थीहरुको पनिआफ्नै नीति, नियम तथा विधानहरु हुने भएकोले कलेज र समग्र राष्ट्रको विकासको लागिकार्य गर्न आग्रहगर्नु भएको थियो ।

कार्यक्रमका अतिथि कलेजका कार्यकारी निर्देशक डा। शैलेन्द्र गिरीले पूर्व विद्यार्थीहरुको नेटवर्क तयार गरी आफूसँंग भएको क्षमता, ज्ञान र सीपलाई बृहततरिकाले सहि ठाउँमा प्रयोग गर्न सके राष्ट्र निर्माणमा टेवा पु¥याउन सकिने बताउनुभयो । विभिन्न कार्यालयमा कार्यरत पूर्व विद्यार्थीहरुले आफू कार्यरत रहेको कार्यालयको साथसाथै समाज, राष्ट्रको लागि योगदानमा आधारित भएर कार्य गर्न सुझावदिनु भएको थियो । देश निर्माणको लागि विभिन्न किसिमका योजनाहरुलाई परिष्कृत गरी देश विकासको लागि संबाहकको रुपमाकार्य गर्न आग्रहगर्नुभएको थियो । स्थानीयस्तरमा रहेका क्षमतावान, युवाहरुको पहिचान गरी देशलाई आवश्यक पर्ने विभिन्न किसिमका उद्योग, संघसंस्थाहरु मार्फत स्थानिय स्तरमा रहेका विभिन्न किसिमका स्रोत साधनको परिचालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमका अतिथि कलेजका प्रबन्ध निर्देशक डा। भीमसेन गिरीले हाल नेपालमा भैरहेको विदेश पलायन दरलाई रोक्नकालागि स्थानिय, प्रदेश र केन्द्र सरकारले पनि विभिन्न किसिमका नीति नियमको विकास गरी नेपालमै बस्ने व्यवस्थागन सके मात्र समग्र देश विकासमा सहयोग पुग्ने बताउनुभएको थियो । पूर्व विद्यार्थीहरुले विभिन्न किसिमका अनुसन्धानमुलक, सीप आदानप्रदान र सामाजिक रुपान्तरणको माध्यमबाट कार्यहरु गर्नको लागि अग्रसर भई लाग्नुपर्ने बताउनुभएको थियो । डा। गिरीले व्यक्तित्व विकास, सहयोगको भावना, कार्य क्षेत्रको विकास तथा सहजतालागि समन्वयकारी भूमिकामा प्रभावकारी बनाउनुपर्ने बताउनुभएको थियो ।

राप्ती इञ्जिनियरिङ कलेजका पूर्व विद्यार्थी तदर्थ समिति संयोजक ई। राजाराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पूर्व विद्यार्थी ई। सुचित विष्टले गर्नुभएको थियो । उक्त कार्यक्रममा कलेजका प्रिन्सिपल रेशमगिरी, निर्देशक मधुसुदन बैद्य, प्रशासकीय अधिकृत धनेश्वर चौधरी, विई सिभिल विभागीय प्रमुखई। प्रकाश के।सी।, विविए विभागीय प्रमुख सिर्जना देवकोटा, विई कम्प्युटर विभागीय प्रमुख ई। शमिला दहित, उप –प्राध्यापक कृष्ण विश्वकर्मा, प्रशिक्षक नरेश कुमार थारुको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर