अन्यायमा परेको भन्दै सहयोग गरिदिन पविताको अपिल

  असोज २१, २०८०

दाङ, आइतबार २१ असोज २०८० ।

दाङको शान्तिनगर गाउँपालिका ७ कपासेडाँडा बस्ने पविता भण्डारीले अन्यायमा परेको भन्दै सहयोग गरिदिन अपिल गरेकी छिन् । आइतबार रिर्पोटस् कलब दाङमा गरिएको पत्रकार सम्मेलनमार्फत उनले यस्तो अपिल गरेकी हुन् ।
भण्डारीले ७ वर्ष साउदी अरबमा गएर मेहन्त गरेर कमाएको पैसाले किनेको जग्गालाई उनको सौता (जेठी) ले मेरो श्रीमान्ले कमाएको पैसाले किनेको जग्गा बेचेर भनेर उनलाई मुद्दा हालेकी छिन् । तर पविताले भने आफू वैदेशिक रोजगारमा गएर दुख गरेर कमाएको पैसाले किनेको भन्दै दावी गर्दै आएकी छिन् ।

पविताले १२ लाखमा साढे ५ कठ्ठा जग्गा २०७३ सालमा किनेकी थिइन् । उनले जग्गा किनेको दुई वर्षमा विरजा बस्नेतलाई १५ लाखमा विक्रि गरेको बताइन् । तर जग्गा विक्रि गरेर वैदैशिक रोजगारमा जान खोज्दा उनको हालका श्रीमान् संग परिचय भएको बताइन् ।

पछि लालबहादुर बुढाथोकीसँग विवाह गरिन् । लालबहादुरसँग विवाह पश्चात उनकी सौता(जेठी)ले पवितालाई जिल्ला अदालत दाङमा श्रीमान्को सम्पत्ती हो यसमा मेरो पनि हक लाग्छ र मैले पनि त्यो जग्गा आधा पाउनु पर्ने भनेर मुद्दा हालेको बताइन् । तर जिल्लाको मुद्दा आफूले हारेको बताइन् ।
त्यस्तै अहिले उनको जग्गा सम्बन्धी मुद्दा उच्च अदालत तुलसीपुरमा मुद्दा विचाराधिन छ ।

तपाईंको प्रतिक्रिया

थप खबर