घोराही – १४ झिंगौरामा माघी मिलन कार्यक्रम सम्पन्न

  पुष २५, २०८०

घोराही । घोराही उपमहानगरपालिका वडा नंम्वर १४ मा रहेको झिगौरामा माघि मिलन कार्यक्रम सम्पन्न गरिएको छ । थारु समुदायको वसोवास रहेको झिंगौरामा प्रत्येक वर्ष माघ मिलन कार्यक्रम हुदै आएको छ ।

घोराही १४ को आर्थिक सहयोग तथा मनकामना सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा एक दिने माघ मिलन कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी घोराही १४ का वडा अध्यक्ष भानसिंह बुढाले थारु समुदायको मुख्य पर्व माघि नजिकिदै गर्दा थारु समुदायको भेषभुषा र संस्कृतिलाई संसारभर चिनाउने माध्यमको रुपमा पनि माघि पर्वलाई उपयोग गर्दै आफ्नो कला संस्कृतिका साथै खानाका परिकारहरुको पनि प्रचार गर्न आवश्यक रहेको बताउनुभयो । थारुहरुको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वका रुपमा लिईने माघि पर्वले संस्कृतिको संरक्षण र सम्बद्र्धनमा महत्वपुर्ण टेवा पुराउदै आएकोमा जोड दिनुभयो ।

माघी मिलन कार्यक्रममा थारु संस्कृति झल्कने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेषभुषा, थारु गित तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । लक्ष्मी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा घोराही १४ का निवर्तमान अध्यक्ष शक्तिराम डाँगी, वडा सचिव तिलकराम डिसी, स्थानिय वन उपभोक्ता संघका पम्फा केसी, माया चौधरीलगाएतले शुभकममना मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण भागिराम चौधरीले गर्नुभएको थियो ।।

तपाईंको प्रतिक्रिया

थप खबर