पोखरा ६ असार ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ स्थित राप्ती इन्जिनियर्ङि कलेजका प्रिन्सिपल रेशम गिरी पोखरा विश्वविद्यालय सभाको सदस्य पदमा मनोनित भएका छन् । गिरी यही असार २ गते प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट सभाको सदस्य पदमा मनोनित भएका हुन् ।
गिरी लामो समयदेखि शिक्षा क्षेत्रमा आवद्ध रहेका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा आवद्ध रहेका गिरीले शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । पोखरा विश्वविद्यालयसँग प्रत्यक्ष÷परोक्ष जोडिएर युग सुहाउँदो शिक्षाका बारेमा अन्वेषण गर्दै आएका गिरी अब विश्वविद्यालयसँग प्रत्यक्ष जोडिएर शैक्षिक क्षेत्रमा काम गर्ने छन् ।