पहिलो पटक प्युठान जिल्लामा साइवर सुरक्षा सम्बन्धी राष्ट्रिय सम्मेलन हुने

  असोज १, २०८०

सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टर काठमाण्डौ, राप्ती इन्जिनियिरिङ कलेज दाङ र प्युठान टेक्निकल कलेज प्रा.लि.को आयोजनामा यही असोज २६ गते प्युठान जिल््लामा पहिलो पटक साइवर अपराध, साइवर सुरक्षा, सामाजिक प्रभाव, नीति र नागरिक जागरणका विषयमा एक दिवसीय राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।
यो सम्मेलनमा साइबर सुरक्षा, साइबर सुरक्षा सम्बन्धी समस्याको समाधान, साइबर अपराधले समाजमा पारेको प्रभाव, साइबर नीति र कानुनका साथै सामाजिक जागरणका आदिमा छलफल हुने भएको छ । यो सम्मेलनले स्थनीय तहको साइबर सुरक्षाको तयारी तथा समाजिक जागरणका बारेमा रणनीति पनि तय गरिने भएको छ ।
यो सम्मेलनमा साइबर सुरक्षा, साइबर अपराधको सामाजिक प्रभाव, नेपालमा साइबर नीति र कानुन, डिजिटल सामाजिक जागरण र स्थानीय तहमा डिजिटलाईजेसनका बारेमा छुटाछुटै ५ वटा पेपर प्रस्तुत गरिनेछन । सम्मेलनमा साइबर सुरक्षाका चुनौतीहरुसँग जुध्नका लागि रोकथामका उपाय, समस्या पहिचान, विश्लेषण गर्दै स्थानीय तहका एकअर्काको अनभुव आदान प्रदानलाई पनि विशेष जोड दिइने भएको छ ।
त्यसैगरी सम्मेलनले साइबर सुरक्षालाई बलियो बनाउन संघ, प्रदेश र स्थानीय तहहरुको सहकार्य र समन्यलाई जोड दिएको छ । सम्मेलनले साइबर सुरक्षाका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिइनेछ भने साइबर सुरक्षामा आफूहरुको उपस्थितिलाई सशक्त बनाउने पनि पहल गर्ने भएको छ । संघ, प्रदेश र स्थानीय तहले सइबर नीति र कानुन बनाउनका लागि टेवा पुग्ने छ भने नेपालमा बढ्दै गएको साइबर चुनौतीलाई न्यूनिकरण गर्न र राष्ट्रिय सूचनाको सुरक्षा गर्ने विषयमा यो सम्मेलन कोशेढुंगा सावित हुने विश्वास गरिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर