दाङ उवासंघ निर्वाचन ःउपाध्यक्षबाहेक सबै पदमा गठबन्धन निकट संयुक्त प्यानल विजयी

  असोज १५, २०८०

घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा उद्योग उपाध्यक्ष पद बाहेक सबै पदमा गठबन्धन निकट संयुक्त व्यवसायीक प्यानलका उम्मेदवारहरु विजयी भएका छन् ।
शनिबार सम्पन्न भएको दाङ उवासंघको निर्वाचनको अन्तिम मत परिणामअनुसार उद्योग उपाध्यक्ष पद बाहेक अरु सबै पदमा गठबन्धन निकटको संयुक्त प्यानलका उम्मेदवारहरु विजयी भएका हुन् ।

संयुक्त व्यवसायी प्यानलबाट अध्यक्ष पदका उम्मेदवार बनेका वसन्त जोशीले १ हजार ३ सय ४५ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी साझा समावेशी व्यवसायी प्यानलबाट उम्मेदवार बनेका रामप्रसाद पोख्रेलले ९ सय १० मत प्राप्त गरेका थिए । पोख्रेललाई ४ सय ३५ मतले पराजित गर्दै जोशी विजयी भएका हुन् ।

त्यसैगरी संयुक्त प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बनेका नरेश कुमार श्रेष्ठले १ हजार ३ सय ६१ मत प्राप्त गर्दै विजयी भएका छन्, भने उनका निकटतम प्रतिद्वन्द्वी साझा प्यानलबाट उम्मेदवार बनेका दिपेन्द्र कुमार पुनले ८ सय ४२ मत प्राप्त गरेका छन् ।

त्यस्तै साझा समावेशी व्यवसायीक प्यानलबाट उद्योग उपाध्यक्ष पदका उम्मेदवार बनेका ध्रुवराज गतराजले १ हजार १ सय २६ मत प्राप्त गरी विजयी हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी संयुक्त व्यवसायीक प्यानलबाट उम्मेदवार बनेका भरतप्रसाद रेग्मीले १ हजार ७० मत प्राप्त गरेका हुन् ।

संयुक्त प्यानलबाट वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार बनेका लिलाराम खड्काले १ हजार १ एक ५२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी साझा प्यानलबाट उम्मेदवार बनेका राजभक्त रानाले १ हजार २० मत प्राप्त गरेका हुन् ।

संयुक्त प्यानलबाट महासचिव पदका उम्मेदवार बनेका महेन्द्र बुढाथोकीले १ हजार २ सय ३६ मत प्राप्त गरी विजयी भएका छन्, भने उनका निकटतम प्रतिद्वन्द्वी साझा प्यानलबाट उम्मेदवार बनेका शालिकराम खनालले ९ सय ५४ मत प्राप्त गरेका हुन् ।

संयुक्त प्यानलबाट सचिव पदका उम्मेदवार बनेका विकास वलीले १ हजार ८४ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी साझा प्यानलबाट उम्मेदवार बनेका भिमसेन डाँगीले १ हजार ८० मत प्राप्त गरेका थिए ।
संयुक्त प्यानलबाट कोषाध्यक्ष पदका उम्मेदवार बनेका जगतप्रसाद आचार्यले १ हजार २ सय मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी साझा प्यानलबाट उम्मेदवार बनेका प्रेमबहादुर बुढा मगरले ९ सय ६८ मत प्राप्त गरेका हुन् ।

संयुक्त प्यानलबाट सह(कोषाध्यक्ष पदका उम्मेदवार बनेका माधव खनालले १ हजार ३ सय २९ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी साझा प्यानलबाट उम्मेदवार बनेका यादवबहादुर श्रेष्ठले ७ सय ७८ मत प्राप्त गरेका हुन् ।

संयुक्त प्यानलबाट उद्योग सदस्य पदमा बिक्रम राना, महिला सदस्यमा लिला नेपाली निर्वाचित भएका छन् । त्यस्तै खुला सदस्यहरुमा रुद्रबहादुर जैशी, दीपक पण्डित, निमबहादुर बुढाथोकी, युवराज पन्त, रामप्रसाद पोख्रेल, पुष्करराज न्यौपाने, नोर्वु तामाङ र सुरुज बुढाथोकी निर्वाचित भएका हुन् ।

निर्वाचनमा दुई व्यवसायीकबीच प्रतिस्पर्धा भएको थियो ।संघमा नयाँ कार्यसमिति चयनका लागि २० पदमा भएको निर्वाचनमा उद्योग उपाध्यक्ष पद बाहेक १९ पदमा संयुक्त प्यानलका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

संघमा ३ हजार ३ सय ५८ जना मतदाताहरु रहेका थिए, भने निर्वाचनमा २ हजार ३ सय ५७ मत खसेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर