लायन्स क्लव एरिया २ को आयोजनामा फेलिसिप कार्यक्रम सम्पन्न ।

  भदौ १०, २०८०

९ भदौ दाँ । लायन्स क्लव इन्टरनेशल ३२५ एन एरिया नं २ को आयोजनामा घोराहीको बाहकुने दहमा फेलोसिप कार्यक्रमम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि डिस्टिक गर्भनर एमजेएफ लायन मुकुट ढकालले लायन वर्ष २०२३।२०२४मा एक हजार मेम्वर थप्ने लक्ष रहेको बताउनुभयो । प्रमुख अतिथि ढकालले यस वर्ष एरिया नं २ मा १० भन्दा माथि नयाँ क्लव खोल्ने जानकारी गराउनु भयो । भर्खरै मात्र लायन्स क्लव अफ गढवा, लायन्स क्लव अफ भित्रिकोट प्युठान र लायन्स क्लव अफ लुम्बिनी भिजन अन्तराष्टियमा दर्ता भइसकेका छन र अन्य क्लवहरु दर्ताको प्रक्रियामा रहेको जानकारी गराउनु भयो । समाज सेवाको लागि हामी एकजुट भएर लाग्नुपर्ने र यसको लागि हामी आफुबाट शुरुवात गनुपर्ने बताउनुभयो । दाँक्षेत्र लायन्सको लागि उर्भर भूमीको रुपमा रहेको र यसलाई हामी सबैले सही समयमा उपयोग गर्नुपर्ने बताउनु भयो । प्रमुख अतिथि गर्भनर ढकालले लायन्सको कारणले आज हामी चारैतिर बसोबास गर्ने हामी नेपालीहरु एउटै घरपरिवार जस्तो भएको छौ र फेलोसिप कार्यक्रम ले एक आपसमा मित्रता कायम गर्न मद्दत पयाउँदछ भन्नुभयो ।
कार्यक्रमकमा डिस्टिक एक्जुकेटिभ चिफ एवं प्रथम क्याविनेट मिटिँका संयोजक लायन लव अधिकारीले उपस्थित सबैलाई प्रथम क्याविनेट सफल पार्नमा सहयोग गर्नुभएकोमा धन्यवाद व्यक्त गनुभयो । कार्यक्रममा रिजन चिर्यर पर्शन लायन रेशम बहादुर के.सी, लायन अर्जुन कुमार कक्षपति, जोन चियर पर्शन लायन मधुसुदन बैध, नारायणपुर क्लवका अध्यक्ष लायन अनिल बस्नेत लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गनुभएको थियो ।
कार्यक्रममा लायन्स क्लव अफ भित्रिकोट, लायन्स क्लव अफ प्युठान, लायन्स क्लव अफ देउखुरी, लायन्स क्लव अफ घोराही सिटी, लायन्स क्लव अफ राप्ती इन्जिनियरिँ, लियो क्लव अफ राप्ती इन्जिनियरिँ, लायन्स क्लव अफ दाँ नारायणपुर, लायन्स क्लव अफ नारायणपु भ्याली, लायन्स क्लव अफ स्वर्गद्धारी, लायन्स क्लव अफ दाँ र लायन्स क्लव अफ लुम्बिनी भिजनको सहभागिता रहेको थियो ।
कार्यक्रमकमा प्रथम डिस्टिक क्याविनेट मिटिँ सफल पार्न सहयोग गर्ने विभिन्न संघ संस्था, उपसमितिका संयोजक, सदस्यहरु र सहभागि क्लवहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा १२० लायन्सहरुको सहभागिता रहेको थियो । डिस्टिक एक्जुकेटिभ को चिफ लायन युवराज थपलियाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सभाध्यक्ष एरिया चिफ डा.भीमसेन गिरीले गर्नुभएको थियो भने कार्यंक्रम संचालन एरिया सचिव लायन भरतराज देवकोटाले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर