बरामद भएको सुनको वास्तविक तौल सार्वजनिक गर्न किन ढिलाई?

  श्रावण ११, २०८०

साउन २ गते (मङ्गलबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)का सबै संयन्त्रलाई छलेर गन्तव्यतर्फ लैजान लागेको अनुमानित १ सय ४५ किलो सुन तस्करी प्रकरणले मुलुकमा तहल्का मच्चाएको छ । मुलुकका सम्पूर्ण नागरिकको आँखा त्यसतर्फ छ । विमानस्थलबाट यति ठूलो परिणाममा सुन बदामद भएको नेपालको इतिहास मै यो पहिलो घटना हो । 

यस प्रकरणमा उच्च पदस्तदेखि न्यून स्तरका कर्मचारी समेत संलग्न रहेको आशंका समेत व्यक्त भइरहेको छ । यसले नेपाली राजनीतिमा नयाँ तरंग थपिदिएको छ । एक छि अर्को काण्डको पर्दाफास भइरहँदा मुलुक अस्थिरता तर्फ गइरहेको र मुलुक तस्करको अड्डा भइरहेको बुझ्न सकिन्छ । यस प्रकरणमा संगठित अन्तर्राष्ट्रिय आपराधिक गिरोह नै संलग्न रहेको पछिल्लो घटनाक्रमले देखाएको छ ।

विमानस्थलमा रहेको भन्सार कार्यालयबाट बाहिरिएको उक्त सुन हङकङबाट नेपाल ल्याएर यहाँबाट भारत पठाउने गिरोहले नेपालका सबै निकायलाई सेटिङ गरेर भारत लैजाने क्रममा विमानस्थल बाहिरबाट समातिएपछि नेपालमा अवैध सुनको कारोबार गर्नेमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धान शुरू गर्ने भएको छ ।

सुन बरामदको खबरले मुलुकमा सनसनी मच्चाएपनि उक्त सुनको वास्तविक तौल कति हो भन्ने अझैँ निश्चित भइरहेको छैन। विभागका अधिकारीकाअनुसार बरामद गर्ने निकाय राजश्व अनुसन्धान विभागमा त्यसबारे धेरैले चासो राखेको पाइएको छ ।

गत साता मङ्गलवार बरामद गरिएको तस्करीको सुन ४ गते बिहीवार राजश्व अनुसन्धान विभागले नेपाल राष्ट्र ब्याङ्कलाई बुझाइएको थियो । बुझाइएको सुन राष्ट्र ब्याङ्कको टक्सार महाशाखाको ‘सेफ’मा त्यसलाई सुरक्षित राखिएको बताइएको छ। ‘ब्रेक शू’ भनेर ल्याइएको सुनको कुल तौल १ सय ४५ किलो रहेको बताइएको थियो। ‘ब्रेक शू’बाट छुट्टाएर सुन पगालेपछि त्यसको तौल लिने बताइएको छ ।

सुन प्रक्रियालाई अगाडि बढाउन राजश्व विभागको पत्र कुर्दै नेपाल राष्ट्र ब्याङ्क

विमानस्थलबाट जाँच पास भई बाहिर निकालिएका बेला राजश्व अनुसन्धान विभागले त्यस्तो सुन बरामद गरेको थियो। सुनको तौल करिब १४५ किलो भएको जनाएको विभागले त्यसको तौल लिन ४ गते बिहीवार राष्ट्र ब्याङ्कमा पठाएको हो।

ब्याङ्कका अधिकारीहरूकाअनुसार विभागले तौल लिने प्रक्रिया अघि बढाउन पत्र पठाएपछि एक हप्ताभित्र उक्त प्रक्रिया पूरा गर्न सकिने छ। पत्र पाएपछि नेपाली सेना, सुरक्षाकर्मी, मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखा, आन्तरिक लेखा परीक्षण र राजश्व विभागका प्रतिनिधिको रोहबरमा सुन राखिएको पोका खोलिने छ । र, सुनलाई अलग गरेर गलाइने छ । त्यो सुन भए वा नभएको अथवा सुनको शुद्धता वा गुणस्तर पहिचानको निम्ति नमुना निकालेर प्रयोगशालामा परीक्षण गरिन्छ । त्यसपछि सुनको उपयुक्त तौल नापिन्छ ।

राजश्व विभागले किन ढिला गरिरहेको छ?

परीक्षणको परिणाम आएपछि तौल अनुसार हामीले नेपाल सरकार राजश्व अनुसन्धान विभागलाई भुक्तानी दिइने बताइएको छ । बरामद भएको सुन राजश्व अनुसन्धान विभागको सम्पत्ति हो, पत्र आएपछि करिब एक हप्तामा सबै प्रक्रिया पूरा गरिने जनाइएको छ । राजश्व अनुसन्धान विभागले पत्र पठाएलगत्तै प्रक्रिया सुरु गरिनेछ । वास्तविक सुनको तौल मापन गरी सार्जजनिक गरिनेछ । 

उक्त प्रकरणले सडकदेखि सदन सम्म व्यपाक असन्तुष्टि देखिएको छ । गठबन्धनमा आवद्ध दलहरुले पनि विमानस्थलको राजस्व विभागमा अर्थ र गृहको निकाय भएको कारण अनुसनधानलाई थप बल पुर्याउन गृह र अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भन्दै आवाज उठाइरहेको छ । गृहमन्त्री भने उक्त प्रक्रिया प्रहरीको संलग्नता नरहेको भन्दै सो प्रकरणबाट पन्छिन खोजीरहेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले अनुसन्धान गरिरहेको छ । दिनहुँ जसो उक्त प्रकरणमा एक पछि अर्को संलगन भएको व्यक्तिहरुको नाम आइरहेको छ । 

उक्त प्रकरणमा हालसम्म २२ जना पक्राउ परिसकेका छन् । यी हुन् हालसम्म पक्राउ परेका २२ आरोपीत

हालसम्म मीनबहदुर गुरुङ, कृष्णबहादुर राउत (हाल रिहा भएका), कलाधर देउजा, सञ्जय महर्जन, सकुलानन्द महर्जन, धर्मप्रसाद गौतम, सुधिरकुमार शाह, गोपाल कार्की, शिवजी भट्टराई, घमन कुमार कार्की, बाबुराजा महर्जन, रमेशकुमार पोखरेल, देवनारायण महर्जन, लोकहरि घिमिरे, धुर्वप्रसाद अर्याल, नारायण राज मिश्र, योगराज पौडेल, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, विनोदप्रसाद पौडेल, केशव तुलाधर, अरुणकुमार श्रेष्ठ पक्राउ परेर प्रहरीको हिरासतमा रहेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर