साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दियो ।
आज नेप्से परिसूचक २९.७१ अंकले घटेर २१२६.४८ विन्दुमा झरेकाे छ । कुल २७१ वटा कम्पनीकाे ६२ लाख ७१ हजार ७ सय ७७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४२ कराेड ५७ लाख ८० हजार ५ सय ६४ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । आज १३ वटै उपसमूह ओरालो लाग्दा सबैभन्दा धेरै व्यापार समूह घटेकाे छ ।
बिहीबार टप ब्राेकरहरू हेर्दा आज ब्राेकर नम्बर ४२ अर्थात् सनी सेक्युरिटिजबाट सर्वाधिक काराेबार भएकाे छ । याे ब्राेकरबाट आज १४ कराेड ७५ लाख ३९ हजार रूपैयाँ बराबरकाे सेयर खरिद हुँदा १४ कराेड ६ लाख ४ सय २४ रूपैयाँ बराबरकाे सेयर बिक्री भएकाे छ ।
ब्राेकर नम्बर ४२ काे Top Buy र Top Sell हेर्नुहाेस् :
Top Buy
सिटिजन्स बैंक डिबेञ्चर २०८६ – २५ हजार २५ कित्ता
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक – २५ हजार ७ सय ९० कित्ता
सिटी हाेटल – ११ हजार २ सय ३ कित्ता
Top Sell
सिटिजन्स बैंक डिबेञ्चर २०८६ – २४ हजार ९ सय ७५
हिमालयन लाइफ इन्स्याेरेन्स – १४ हजार ८ सय ६७ कित्ता
हिमालयन पावर पार्टनर – २४ हजार २ सय ६० कित्ता
त्यसैगरी, दाेश्राेमा आज ब्राेकर नम्बर ४५ अर्थात् इम्पेरियल सेक्युरिटिजबाट सर्वाधिक काराेबार भएकाे छ । याे ब्राेकरबाट १२ कराेड ४९ लाख ७१ हजार रूपैयाँ बराबरकाे सेयर खरिद हुँदा १३ कराेड २४ लाख ३० हजार रूपैयाँ बराबरकाे सेयर बिक्री भएकाे छ ।
Top Buy
हिमालयन लाइफ इन्स्याेरेन्स – २० हजार ४ सय ५७ कित्ता
शिवम् सिमेन्ट – १० हजार ६ सय ६१ कित्ता
कुमारी बैंक लिमिटेड – ३२ हजार एक सय ४१ कित्ता
Top Sell
एभरेष्ट इन्स्याेरेन्स – २१ हजार ३ सय ५३ कित्ता
हिमालयन डिष्टीलरी – ३ हजार ३ सय ६६ कित्ता
एनएलजी इन्स्याेरेन्स – ७ हजार ९ सय ८८ कित्ता