काठमाडौंको बानेश्वर क्याम्पस नजिकै १ महिलाको शव फेला

  असोज १४, २०७८

असोज १४ काठमाडौं / काठमाडौंको वानेश्वर क्याम्पस अगाडि आज बिहान १ जना महिलाको शव भेटिएको छ । क्याम्पस अगाडि वाग्मती खोलाको पुलमुनि १ जनाको शव भेटिएको महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर लामाले जानकारी दिए ।

बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै वृत्तको टोली घटनास्थल पुगेको थियो । डीएसपी मीनबहादुर लामाले शव कतैबाट बगाएर ल्याएर अड्किएको जस्तो देखिएको बताए । विस्तृत विवरण भने पोष्टमार्टम पछि थाहा हुने उनले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर