रुकुम पश्चिममा २ समूहबीच भएको झडपमा घाइते भएका २ जनाको हेलिकप्टरमार्फत उद्धार गरियो

  असोज १४, २०७८

असोज १४ रुकुम / रुकुम पश्चिममा २ समूहबीच भएको झडपमा घाइते भएका २ जनालाई हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

आठबिसकोट नगरपालिका ३ स्यालाखदिका २ समूहबीच खुकुरी हानाहान हुँदा घाइते भएका तलिगाउँ टोलका २३ वर्षीय कर्णबहादुर बोहरा र माथि गाउँका ६२ वर्षीय लक्षे कामी गम्भीर घाइते भएका हुन ।

उनीहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ । स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि सुर्खेतबाट हेलिकप्टर मगाएर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी कपिल जङ्ग शाहीले बताए ।

तलिगाउँ र माथिगाउँ बीच पुरानो राजनीतिक रिसइबी, खानेपानी मुहानको पुरानो विवादका कारण घटना भएको प्रहरीले जनाएको छ । तलिगाउँका स्थानीय नेपाली कांग्रेस समर्थित र माथि गाउँका नेकपा माओवादी समर्थित रहेका छन ।

तपाईंको प्रतिक्रिया

थप खबर