गोर्खाको मनास्लु हिमाल चढ्ने क्रममा क्यानडाका एक विदेशी नागरिकको मृत्यु

  असोज १३, २०७८

असोज १३ गोरखा / उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका १ स्थित मनास्लु हिमाल आरोहण गर्ने क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ । ३७ बर्षका क्यानडियन नागरिक ब्रेन्ट सिलको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

मनास्लु हिमालको चौथो बेसक्याम्प भन्दा अन्दाजी एक सय मिटर माथिको उचाइमा पुगेका बेला उनी अचानक बेहोस भएर ढलेका थिए । ‘बेहोस भएपछि हिमाल आरोहण आयोजक ट्याग नेपाल ट्रेक्स कम्पनीका शंकर कुमार गुरुङले हामीलाई खवर गरे,’ डीएसपी प्रकाश दाहालले भने, ‘सामागाउँ प्रहरी चौकीको टोली पुग्दा उक्त नागरिकको मृत्यु भइसकेको रहेछ ।

उनको शवलाई स्थानीय वासिन्दाको सहयोगमा कैलाश एयरको हेलिकप्टर मार्फत बुधबार काठमाडौंको शिक्षण अस्पताल लगिएको छ । उनी स्नो होराइजन कम्पनीबाट स्वीकृति लिएर उनी हिमाल चढ्न गएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर