नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ५७ जनामा काेराेना पुष्टि, १ हजार १ सय १३ जना निकाे भए

  असोज १३, २०७८

असोज १३ काठमाण्डाै / बितेको २४ घण्टामा नेपालमा १ हजार १ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार ५ सय ४१ जनाको नमुना परीक्षण गर्दा १ हजार १ सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका सहित पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ७ लाख ९४ हजार १ सय ६३ पुगेको छ भने एन्टिजेन विधिबाट ९१ हजार ३ सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार एक सय १३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६४ हजार आठ सय ४७ पुगेको छ । यही अवधिमा थप आठ जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय २३ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर