चितवनमा आफैँ उजुरी लेखेर प्रतिवादीसँग पैसा माग्ने वकिल पक्राउ

  असोज १२, २०७८

असोज १२ चितवन / प्रहरीमा आफैँ लेखेर दिएकाे जाहेरीमा प्रतिवादीसँग पैसा मागेकाे आराेपमा प्रहरीले एक जना अधिकवक्ता (वकिल) लाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले ठगी उद्योगमा कालिका नगरपालिका ५ पदमपुरका ५० वर्षीय रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नागरिकता सम्बन्धी विषयमा १ जनालाई प्रतिवादी बनाएकाे उजुरी देवकाेटाले लेखेका थिए । तपाईको नाममा जिल्ला प्रहरीमा जाहेरी परेको छ, उक्त जाहेरी दर्ता नगराई मुद्दा मिलाई दिन्छु भनेर देवकाेटाले रकम मागेकाे दाबी प्रहरीले गरेकाे छ ।

जाहेरी दरखास्त दर्ता नगराई मुद्दा मिलाइदिन्छु भनि रकम माग गरेपछि देवकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिसपी सूर्यबहादुर थापाले जानकारी दिए ।

 

तपाईंको प्रतिक्रिया

थप खबर