काठमाण्डौको कपनबाट ४ वर्षीय बालक सम्पर्कविहीन

  असोज १२, २०७८

असोज १२ काठमाडौं / काठमाण्डौको कपनबाट सोमबार अपरान्हदेखि चार वर्षीय बालक पियुष शर्मा सम्पर्कविहीन भएका छन । कपनमा मिस्त्री काम गर्दै आएका विनोद शर्माले छोरा सम्पर्कविहीन भएको भन्दै उजुरी दिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ।

उनका अनुसार नजिकै बस्ने एक जना आफन्तले उनलाई लिएर गएको हुनसक्ने देखिएको छ । भारत घर भएका उनी त्यतातिर गएको हुनसक्ने देखिएको छ, थप अनुसन्धान भइरहेको छ’ उनले भने, विस्तृत अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार ती आफन्तको मोबाइल पनि घरमै छ । हालसम्म उनले फिरौती वा अन्य कुनै माग राखेर परिवारलाई सम्पर्क गरेका छैनन ।

तपाईंको प्रतिक्रिया

थप खबर