नेपालमा १ कराेड ३१ लाख बढीले काेराेनाविरुद्धकाे खाेप लगाए

  असोज १२, २०७८

असोज ११ काठमाण्डाै / नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ३१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई लाख आठ हजार ९० मात्रा खोप लगाएसँगै खोप लगाउनेको सङ्ख्या एक करोड ३१ लाख ६६ हजार पाँच सय ९८ जना पुगेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाउनेमध्ये ६२ लाख पाँच हजार सात सय ७० जनाले पूर्ण मात्रा र ६९ लाख ६० हजार आठ सय २८ जनाले एक मात्रा खोप लगाएका छन ।

तपाईंको प्रतिक्रिया

थप खबर