काठमाडौंको बौद्धबाट ३ दिनदेखि ४० वर्षीय पुरुष बेपत्ता

  असोज ११, २०७८

असोज ११ / काठमाडौंको बौद्धबाट ३ दिनदेखि ४० वर्षीय एक पुरुष बेपत्ता छन । असोज ९ मा बिहान ८ बजे घरबाट निस्केका पुष्करराज दवाडी हालसम्म परिवारको सम्पर्कमा आएका छैनन ।

गहुँगोरो बर्णका दवाडी रातो टोपी, खैरो पाइन्ट र रातो टिसर्ट लगाएर घरबाट निस्केको र हालसम्म सम्पर्कमा नआएको उनका भतिजा सुजित दवाडीले बताए । ५ फिट १० इन्च अग्ला दवाडी बौद्धस्थित महाङ्कालमा बस्दै आएका थिए ।

परिवारले सो घटना प्रहरीलाई जानकारी गराएका छन । हराएका व्यक्तिको हुलिया सवैतिर जानकारी गराएर खोज्ने काम भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर