काठमाण्डौबाट दशैँमा घर जानका लागि १४ सय जनाले टिकट लिए बसपार्क सुनसान

  असोज ११, २०७८

असोज ११ काठमाण्डाै / काठमाण्डौबाट दशैँमा घर जानका लागि आज साेमवारदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । सरकारले यातायात व्यवसायीसँग छलफल गरेर आजदेखि लामो तथा मध्यम दुरीका गाडीकाे अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि टिकट काउन्टर थप गरिएको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालीले व्यवसायीको सहकार्यमा ११ वटा टिकट काउन्टर थप गरेको हो ।

यो वर्ष अग्रिम टिकट बुकिङको पहिलो दिन पनि नयाँ बसपार्क शान्त देखिएको छ । विगतमा टिकट खुला हुँदा यात्रुको भिडभाड हुने गरे पनि अहिले काउन्टरहरू सुनसान रहेकाले लाइन नबसिकनै टिकट लिन पाइने व्यवसायीहरूले बताएका छन ।

आज जम्मा १४ सय जनाले मात्रै टिकट लिएका ल्होत्से बहुउद्देश्यीय प्रालीका मानव संशाधन प्रमुख पंकज मल्लले जानकारी दिए । मल्लका अनुसार धेरै विद्यालयमा पढाइ नभएको, कलेजहरू नखुलेको लगायतका कारण धेरै नागरिक गाउँघरमै रहेकाले भिड कम भएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर