व्यवसायीक फर्ममा पसेर बर्दियामा बाघले २१ वटा बाख्रा मार्यो

  असोज ११, २०७८

असोज ११ बर्दिया /  बर्दियामा एक व्यवसायीक फर्ममा पसेर बाघले २१ वटा बाख्रा मारेको छ । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा रहेको व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा पसेर बाघले २१ बाख्रा मारेको हो ।

आईतबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेको बीचमा खोरमा पसेर बाघले ७ वटा खसी, ७ वटा माउ बाख्रा र ६ वटा साना पाठापाठी मारेको हो । २१ मध्ये ७ वटा खसी दशैंमा बेच्न ठिक्क पारिएको पौडेलको भनाइ छ ।

वस्ती भन्दा थोरै पर रहेको उक्त खोरमा भएको घटनामा एउटा सानो पाठो जीवित भेटिएको छ भने एउटा बाख्रा हराइरहेको फर्म सञ्चालक पौडेलले बताए । बेलुका खोरमा थुनेर गएका २३ मध्ये २१ वटा बाख्रा मृत फेला परेको छ, एउटा बाघले लगेको रहेछ’ पौडेलले भने ।

एउटा सानो बच्चो भने खोरबाट तल खसेका कारण जीवितै फेला परेको उनले बताए । खोरमा भएकामध्ये एउटा बाख्राको पछाडि भाग खाएको र बाँकी सबैको घाँटीबाट रगत चुसेको पाइएको पौडेलले बताए ।

 

तपाईंको प्रतिक्रिया

थप खबर