स्याङ्जाको आँधीदोभानमा राखिएका ८ स्टिमर पहिराेमा पुरिए

  असोज ११, २०७८

असोज ११ स्याङ्जा / स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मा रहेको आँधीदोभानमा राखिएका ८ वटा स्टिमर पुरिएको छ । कालीगण्डकी जल यातायात प्रा.लि. अन्तर्गत सञ्चालित ती स्टिमर आइतवार राति झरेको पहिरोका कारण पुरिएको प्रा.लि. का अध्यक्ष डोलराज भट्टराईले जानकारी दिए ।

कोरोना र वर्षाका कारण स्टिमर सेवा भने बन्द थियो । आज–भोलिमै स्टिमर सञ्चालन गर्ने भनी सरसफाइ र मर्मतको तयारी पूरा भएको अवस्थामा पहिराले स्टिमर पुरेको उहाँले बताए ।

कालीगण्डकी ए विद्युत् उत्पादनका लागि निर्मित कृत्रिम तालमा स्टिमर सञ्चालन हुँदै आएको थियो । यहाँ साना र ठूला गरी १० वटा स्टिमरसहित दुई वटा माउन्ट मकालु नामक पानीजहाज छन । जल यातायात सेवा स्याङ्जा, पर्वत र गुल्मीमा केही वडावासीको भरपर्दो, छिटो छरितो र सहज मार्ग हो ।

तपाईंको प्रतिक्रिया

थप खबर