थप ८ सय ३४ जनामा सङ्क्रमण पुष्टि , सङ्क्रमण दर ६ प्रतिशतमा झर्‍याे

  असोज १०, २०७८

असोज १० काठमाण्डाै / नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर ६ प्रतिशतमा झरेको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव ७ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

१३ हजार सात सय ३६ जनाको नमुना परीक्षण गर्दा ८ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ८१ हजार ९ सय ३९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ७९ जना निकाे भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६१ हजार एक सय ५४ पुगेको छ ।

यही अवधिमा थप नौ जना काेराेना सङ्क्रमितकाे ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९६ जनाले ज्यान गुमाएका छन । अहिले नेपालमा १९ हजार एक सय ४२ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ६८ जनाको आईसीयू र एक सय २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक लाख दुई हजार तीन सय एक मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । योसहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख ३६ हजार चार सय एक र एक मात्रा लगाउनेको सङ्ख्या ६६ लाख नौ हजार दुई सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर