असोज १० रामेछाप / रामेछापकाे सुनापति गाउँपालिका ४ बेथानकाे पानी ट्याङ्कीमा जीप दुर्घटना हुँदा १ जनाकाे ज्यान गएकाे छ । त्यस्तै दुर्घटनामा ४ जना घाइते भएका छन ।
प्रदेश ३–०१–०२४ च १४४० नम्बरको जीप हिजाे बेलुका दुर्घटना हुँदा सुनापति गाउँपालिका-३ हिलेदेवीकी ४३ वर्षीया शारदा खत्रीकाे ज्यान गएकाे हाे । उहाँकाे काभ्रेकाे धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान ज्यान गएकाे हाे । दुर्घटनामा घाइते भएका अन्यकाे भने उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा परि घाइते भएका नेपाली कांग्रेस रामेछापका पार्टी उपसभापति जितेन्द्र मोक्तान, मेगबहादुर खत्री र प्रकाश गौतम र गाडी चालक रामकुमार लामाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।