बाँकेमा एसपी अधिकारी आएदेखि लागुऔषध मुद्दामा ४५ जना पक्राउ

  असोज ०७, २०७८

(सागर थापा) बाँके । प्रहरीले गत आर्थिक वर्षमा लागूऔषध कारोबारको मुद्दामा ३२ मुद्दा दर्ता गरी ५४ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८ मा दर्ता भएका लागूऔषध कारोवारका मुद्दामा ४५ जनालाई नियन्त्रणमा लिएको हो ।

बाँके प्रहरीले आर्थिक वर्षमा ब्राउन सुगर १०७ ग्राम ८० मिलिग्राम, नाईट्रोभ्याट ट्याबलेट २० हजार ४८ सय वटा कोरेक्स २६०० मिलिमिटर नियन्त्रणमा लिएको जनाएको छ । बाँकेका प्रहरी प्रमुख एसपी अधिकारीले लागूऔषधले समाजलाई अध्यारो तिर धकेल्ने भएकोले बाँके प्रहरीले विषेश प्राथामिकतामा राखेर यसको निस्तेज र निर्मूल पार्न विषेश अभियान सञ्चालन गर्दै आएको बाँके जिल्ला एसपी अधिकारीले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर