काठमाण्डौबाट झण्डै १९ लाख रुपैयाँ ७ बुक ताससहित १३ जना पक्राउ

  असोज ०७, २०७८

असोज ७ काठमाण्डौ / काठमाण्डौमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने पक्राउ परेका छन । गएराति साढे १२ बजे काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ र सात बुक ताससहित १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।

स्थानीय कमल दाहालको घरमा तास खेलिरहेका बेलामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, काठमाण्डौको कपनबाट पनि जुवातास खेलिरहेका ६ जना २५ हजार ५ सय ५ रुपैयाँसहित पक्राउ परेका छन ।

तपाईंको प्रतिक्रिया

थप खबर