दाङको तुलसीपुरमा एकजना मेडिकल संचालिका पक्राउ

  असोज ०६, २०७८

असोज ६ तुलसीपुर / दाङको तुलसीपुरमा मेडिकल संचालन गर्दै आएकी एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ८ घर भइ हाल तुलसीपुरको बसपार्कमा फ्युजन हेल्थ कियर मेडिकल संचालन गर्दै आएकी ४० बर्षकी तीलाकुमारी सुनार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

मेडिकल संचालिकाले अबैध लागुऔषध बिक्रीबितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक झलक प्रसाद शर्माको नेतृत्वमा गएको प्रहरी टोलिले सुनार मेडिलबाट बाटै पक्राउ गरेको हो ।

पक्राउ परेकी सुनारको साथबाट प्रहरीले नगद एक लाख १६ हजार ८ सय ५० रुपैयाँ रुपैयाँ , प्रतिबन्धित ट्रामाडोल, ट्राब, अन्टीकोफ नाम लेखिएका विभिनन कम्पनीका ३४९० वटा औषधीका ट्याबलेट र ६ वटा मोबाईल समेत बरामद गरेको डिएसपी अर्यालले बताए ।

 

 

तपाईंको प्रतिक्रिया

थप खबर