गोरखामा अवैध रुपमा ओसारपसार भएको सालको काठ बरामद गरियो

  असोज ०६, २०७८

असोज ६ गोरखा / गोरखामा अवैध रुपमा ओसारपसार भएको सालको काठ प्रहरीले बरामद गरिएको छ । गोरखा नगरपालिका ३ गंगटेघाट बाट मंगलबार बेलुकी ४७ थान सालको काठको गोलिया बरामद गरिएको प्रहरीले जनाएको छ ।

काठ सँगै प्रहरीले काठ ओसारपसारमा प्रयोग भएको ग १ त ६८९५ नम्बरको ट्याक्टर, काठ काट्न प्रयोग भएको आरा दुई थान र बञ्चरो दुई थान समेत बरामद गरेको छ ।

पेट्रोलिङ गस्तीमा गएको प्रहरी टोलीले देखेपछि काठ ओसारपसारमा संलग्न रहेकाहरु भने भागेका थिए । बरामद गरिएको काठ, ट्याक्टर र औजार डिभिजन वन कार्यालय गोर्खालाई बुझाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर