असोज ६ सप्तरी / सप्तरीमा पुनः १ बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । हिजो मंगलबार मात्र ३ जनाको डुबेर मृत्यु भएको एकदिन नबित्दै पुनः आज १ जना बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा महादेवा गाउँपालिका २ अकबरपुर निवासी रामचरित्र मण्डलकी ५ वर्षीया छोरी शिवानी रहेकी छन । उनको घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी भाधव प्रसाद काफ्लेले जानकारी दिए ।
यसअघि महादेवा गाउँपालिकामा ३० बर्षीया महिला, खडक नगरपालिकामा ३ बर्षीया र तिलाठी कोइलाडी गाउँपालिकामा १२ बर्षीया बालिकाको डुबेर मृत्यु भएको थियो ।