बितेको २४ घण्टामा १ हजार ४ सय ७८ सङ्क्रमित थपिए, ६ जनाको सङ्क्रमणका कारण ज्यान गयो

  असोज ०६, २०७८

असोज ६ काठमाण्डाै / पछिल्लो २४ घण्टाको अबधिमा देशभर १ हजार ४ सय ७८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार नौ सय ३० जनाको नमुना परीक्षण गर्दा १ हजार ४ सय ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७७ हजार चार सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३० जना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको सङ्ख्या ७ लाख ५५ हजार ६ सय ३० पुगेको छ ।

यही अवधिमा थप ६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५९ पुगेको छ । अहिले नेपालमा २१ हजार एक सय ३९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेकामा तीन सय ३४ जनाको आईसीयू र एक सय १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर