बागलुङमा बाढीले दुई घर पुरिए

  असोज ०६, २०७८

असोज ६ बागलुङ / बागलुङको ढोरपाटन नगरपालिका २ तारीखेतमा गए राति आएको भलसहितको बाढीले दुई घर पुरिएका छन ।

बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।

बाढीले घर पुरिए पनि मानवीय क्षति नभएको वन्तको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर