तोलामा ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

  असोज ०६, २०७८

असोज ६ काठमाडौं / सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । मंगलबार ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य बुधबार ९० हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजाबी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा ११ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको आजको कारोबार मूल्य ११ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । असोज लागेपछि पहिलो पटक सुनको बजार मूल्य ९० हजार पुगेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर