पहिरो हटाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडकखण्ड

  असोज ०६, २०७८

असोज ६ काठमाण्डाै / पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । चितवनको इच्छाकामनामा गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा गएरातिदेखि बन्द भएको सडक बिहान १० बजे पछि खुलेको हो ।

अहिले दुईतर्फी नै गाडी चल्न थालेका प्रहरीले जनाएको छ । तर, गाडीको लामो लाइन भएकाले यो सडकखण्डमा अहिले गाडी चापमा चलिरहेका छन ।

तपाईंको प्रतिक्रिया

थप खबर