झापाबाट ४ लाख नगदसहित १७ जुवाडे पक्राउ

  असोज ०६, २०७८

असोज ६ झापा / ४ लाख नगदसहित प्रहरीले झापाबाट १७ जनालाई पक्राउ गरेको छ। जुवा खेलिरहेको अवस्थामा झापाको दमकबाट गए राति उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

दमक नगरपालिका वडा नम्बर १ का एक स्थानीयको एक तले घरमा जुवा खेलिरहेका उनीहरूलाई झापा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ४ लाख २७ हजार ६ सय नगद, कौडा र १७ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर