रौतहटबाट ४० किलो चाँदीसहित एकजना पक्राउ

  असोज ०५, २०७८

असोज ५ रौतहट / प्रहरीले ४० किलो चाँदीसहित एकजनालाई रौतहटबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-२ का ३५ वर्षीय बिध्यानन्द साह सोनार रहेका छन ।

मंगलबार बिहान ७:३० बजे गौर नगरपालिका वडा-४ गौर बसपार्कमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले उनलाई पक्राउ हो ।

उनको साथबाट ३९ लाख ४४ हजार मूल्‍य बराबरको ४० केजी चाँदी बरामद गरेको छ । पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पटाइएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर