क्षमताभन्दा तेब्बर कैदीबन्दी, बैतडी कारागारमा , खाटमाथि खाट राखेर ओछ्यान

  असोज ०५, २०७८

असोज ५ बैतडी / जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी छन । बस्ने क्षमताको तेब्बर हुँदा बन्दीहरूलाई बस्न निकै समस्या भएको छ । २५ जनाको क्षमता भएको कारागारमा अहिले ७५ जना कैदीबन्दी राखिएका छन ।

क्षमताभन्दा बढी कैदी बन्दी हुँदा बसोबासका लागि पनि निकै समस्या भएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले जानकारी दिए। कैदीबन्दीहरूलाई बसोबासको समस्या भएपछि कारागार परीसरमा टेन्ट राखेर बसोबासको व्यवस्था मिलाएको उनले बताए ।

कैदी बन्दीहरूलाई बसोबासकै समस्या रहेको छ । क्षमताभन्दा बढी कैदी बन्दी हुँदा व्यवस्थापन गर्न निकै समस्या भएको छ कारागार परिसरमा दुईवटा टेन्ट राखिएका छन भने कोठाहरूमा पनि खाटमाथि खाट राखेर बसोबासको व्यवस्था मिलाइएको तिवारीले बताए । यसका साथै कारागारको पुरानो भवन पनि जीर्ण भइसकेको छ । जिल्ला कारागारमा महिला कैदीबन्दी आएमा डडेल्धुरा पठाउनुपर्ने बाध्यता छ ।

तपाईंको प्रतिक्रिया

थप खबर