असोज ५ सिन्धुली / अवैध रुपमा भरुवा बन्दुक लुकाएको राखेको आरोपमा प्रहरीले सिन्धुलीमा पाँचजनालाई पक्राउ गरेको छ ।
मंगलबार सिन्धुलीको दुधौली नगरपालिका-२ को जलकिनी र तिनचम्केबाट चारथान भरुवा बन्दुकसहित ५० वर्षीय नुरबहादुर बस्नेत, ५५ वर्षीय शिवबहादुर कार्की, ४३ वर्षीय चुणाबहादुर राउत र ७२ वर्षीय जितबहादुर बरइमगर र ४० वर्षीय भुवनबहादुर रानामगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मनोजकुमार लामाले जानकारी दिए ।
घर तथा गोठमा लुकाइछिपाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय डकाहा र हत्पते प्रहरी चौकीका प्रहरीहरुको गस्ती टोलीले बन्दुक बराम गरेका हुन ।
बरामद भएका चारवटा मध्ये तीनवटा लोड भएको डीएसपी लामाले बताए । पक्राउ परेका पाँचैजनालाई आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।