पछिल्नो २४ घण्टामा १ हजार ३ सय ३० जनामा काेराेना पुष्टि, थप पाँच जना सङ्क्रमितको ज्यान गयो

  असोज ०५, २०७८

असोज ५ काठमाण्डाै / बितेको २४ घण्टामा देशभर १ हजार ३ सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार ६ सय २२ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका सहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७५ हजार नौ सय ५९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार आठ सय ३० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५४ हजार पुगेको छ ।

यस्तै आज थप पाँच जना सङ्क्रमितकाे ज्यान गएकाे छ । यो सहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५३ पुगेको छ । अहिले नेपालमा २१ हजार पाँच सय २४ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ३५ जनाको आईसीयू र एक सय सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर