भारतको उत्तर प्रदेशमा डेङ्गीका कारण ३ हप्ताको अबधिमा १३ जनाको ज्यान गयो

  असोज ०५, २०७८

असोज ५ काठमाण्डाै / भारतमा डेङ्गीको प्रकोप फैलिएको छ । उत्तर प्रदेश, बिहार, मध्यप्रदेशमा डेङ्गीको सङ्क्रमण फैलिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन।

पछिल्लो तीन हप्तामा उत्तर प्रदेशको कानपुरमा मात्रै डेङ्गीका कारण १३ जनाको ज्यान गएको छ । यस्तै मध्यप्रदेशमा डेङ्गीका बिरामी बढ्दै गएका छन । त्यहाँ हरेक दिन औसतमा १ सयभन्दा धेरै बिरामी थपिने गरेका खबरमा उल्लेख छ ।

गएको जनवरीदेखि अहिलेसम्म २० हजार नमुना परीक्षण गरिएकोमा झण्डै चार हजार जनालाई डेङ्गी भएको पुष्टि भएको छ । यो सेप्टेम्बर महिनामा मात्रै मध्यप्रदेशमा २ हजारभन्दा धेरै डेङ्गीका बिरामी भेटिएका छन ।

तपाईंको प्रतिक्रिया

थप खबर