भारतीय तस्कर समूहको आक्रमणबाट कञ्चनपुरमा ३ जना सशस्त्र प्रहरी घाइते

  असोज ०५, २०७८

असोज ५ कञ्चनपुर / कञ्चनपुरमा भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन । दोधारा चाँदनी नगरपालिका-८ सुन्दरनगर नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका नेपाली सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले हिजो बेलुका आक्रमण गरेका हुन ।

आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी सुन्दरनगरमा कार्यरत तीन जना जवान समान्य घाइते भएका सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घाइतेमध्ये सशस्त्र प्रहरी जवान सुन्दर सुनारकाे टाउकाे हात र खुट्टा चाेट लागेकाे छ ।

घाइतेहरुको दोधारा चाँदनीको स्वास्थ्य चौकीमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिनुभयो । ७/८ जनाको समूहमा आएका तस्कर आक्रमणपछि भागेका छन ।

तपाईंको प्रतिक्रिया

थप खबर