दाङमा सोमबारदेखि निषेधाज्ञा हट्यो प्रमुख जिल्ला अधिकारी : कुरुम्बाङ्ग

  असोज ०४, २०७८

(सागर थापा) दाङ । जिल्ला प्रशासन कार्यालय दाङले बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म लगाउदै आएको (निषेधाज्ञा) सोमबारदेखि हटाईएको छ ।  प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले अबका दिनमा स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउदै नेपाल सरकारले लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधानहरु पनि चल्न दिए पछी ।

जिल्लामा पनि ति सवारी साधानमा सिट बाहेक अन्य यात्रुहरु राख्न पाईने छैन । कुल सिट क्षमता भन्दा बढी राख्न नपाउने भएको छ । सवारी साधनमा यात्रा गर्दा (मास्क) (पन्जा) (सेनिटाइजर) अनिवार्य राखिएको हुनुपर्छ । यसैगरी विभिन्न संघ-सस्था कार्यालयहरु पनि संञ्चालनमा आएको छन । अहिले दाङमा कोभिड पनि कम भएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले जानकारी दिनुभएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर