करेन्ट लागेर दाङमा २२ बर्षीया महिलाको मृत्यु

  असोज ०३, २०७८

असोज ३ तुलसीपुर / दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–७ बुटनिया निबासी २२ बर्षकी प्रमिला चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

आईतबार बिहान ७ बजे मोटर चलाउने क्रममा करेन्ट लागेर घाईते भएकी चौधरीलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याए लगत्तै अस्पतालले मृत घोषणा गरेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर