दाङमा टेक्टर दुर्घटना हुदा ३ जना घाईते

  असोज ०२, २०७८

असोज २ दाङ / दाङमा टेक्टर दुर्घटना हुदा ३ जना घाईते भएका छन । घाईते हुनेमा टेक्टरमा सवार बबई गाउँपालिका वडा नम्वर ६ बस्ने १८ बर्षिय धनराज थापा, सोहि ठाउँका १६ बर्षिय रोसन वली र १९ बर्षिय छवि बुढाथोकी रहेको प्रहरीले बताएको छ ।

पश्चिम देखी पन्चकुले आउदै गरेको रा १ त २८८३ नम्वरको टेक्टर शान्तिनगर गाउँपालिका ६ अमुवा नजिकै शनिवार दिउँसो दुर्घटना भएको प्रहरीले बताएको छ ।

टेक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले अनुमान गरेको बताईएको छ । घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । टेक्टर चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर