मलेसियाबाट ६ जनाकाे शव र १५ जनाकाे अस्तु नेपाल ल्याइयो

  असोज ०२, २०७८

असोज २ काठमाण्डाै / मलेसियाबाट आज शनिवार एकै दिन ६ शव र १५ जनाकाे अस्तु नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेर ज्यान गुमाएका ६ जनाको शव र १५ जनाको अस्तु ल्याएर परिवारको जिम्मा लगाइएको हो ।

नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रको पहलमा शव र अस्तु नेपाल ल्याएर आफन्तलाई बुझाएको जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीले बताए । उनका अनुसार २१ जनामध्ये एक जना २० वर्षअघि मलेसिया पुगेका थिए ।

कानुनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा ज्यान गुमाएकाहरूको शव फर्काउन अझै सहज हुन नसकेको जनउद्धार केन्द्रका रायमाझीले बताए। विदेशमा ज्यान गुमाएकाहरूकाे शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँँ रहेकाे जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृतकका आफन्तको घरसम्म शव वाहनमा शव पुर्‍याउने गर्दै आएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर