तुलसीपुर १२ मा निशुल्क स्वास्थ्य शिविर गरिदै

  असोज ०१, २०७८

असोज १ तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका वार्ड न १२ मा असोज ४ गते सोमबार निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

तुलसीपुर मेट्रो अस्पताल तथा जनस्वास्थ्य प्रबर्धन शाखाको आयोजनामा वडा नं. १२ स्थित हेमनगर स्वास्थ्य केन्द्रमा निशुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।

कोरोना भाइरस संक्रमण भएका तथा हाल कोरोना संक्रमणको लक्षण देखिएकाको निशुल्क स्वास्थ्य परीक्षण गरिन लागेको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले सम्पूर्ण वडावासीलाई निशुल्क स्वास्थ्य शिविरमा सहभागी भएर चेकजाँच गर्न समेत सबैमा अनुरोध समेत गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर