असाेजको दाेस्राे हप्तादेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने तयारी

  असोज ०१, २०७८

असोज १ काठमाण्डाै / सरकारले दशैँ, तिहार र छठ लगायत चाडपर्वमा घर जानेहरूका लागि आउँदो असाेज १० वा ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेको छ ।

अग्रिम टिकट बुकिङ खुलाउने बारेमा व्यवसायीहरूसँग छलफल गरिएको र थप छलफल गरी आउँदो १०/११ गतेदेखि बुकिङ खुलाउने यातायात व्यवस्था विभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले बताए ।

छलफल कार्यक्रममा सार्वजनिक यातायात केन्द्रीय महासङ्घ १० गतेदेखि टिकट बुकिङ खुलाउन सहमत भएको छ । आफूहरूसँग झन्डै सय वटा कम्पनी आबद्ध रहेका र अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको महासङ्घका अध्यक्ष डोलनाथ खनालले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने सहमति जनाएको छैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले कोरोना सङ्क्रमणको जोखिम नघटेकाले अग्रिम टिकट बुकिङ खुलाउन समस्या रहेको बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर