पोखरीमा डुबेर रौतहटमा दुई बालिकाको मृत्यु

  असोज ०१, २०७८

असोज १ रौतहट / निर्माणाधीन पोखरीमा डुबेर बिहीवार दुई बालिकाको मृत्यु भएको छ । रौतहटको देवाही गोनाही नपा ७ स्थित जगरनाथ राय यादवको निर्माणाधीन पोखरीमा घोंघी टिप्ने क्रममा दुई बालिकाकाे ज्यान गएको हो ।

ज्यान गुमाउनेमा कटहरीया नगरपालिका वडा ६ बस्ने रामकलेश महतोको छोरी वर्ष १० की निशु कुश्वाहा र वृन्दावन नगरपालिका वडा २ बस्ने जंगबहादुर पटेलको छोरी वर्ष १४ की मुस्कान कुमारी रहेको प्रहरीले पुष्टि गरेको छ ।

पोखरीका मालिक रहेका जगरनाथ देवाही गोनाही ७ का वडा अध्यक्ष समेत हुन । अध्यक्ष भएर मात्र स्वयंको विकासमा पैसा गोलमाल गर्दै आएको स्थानीयको आरोप छ।

प्रहरी टोली घटनास्थलमा पुगी स्थानीयहरुको सहयोगमा पोखरीबाट शव बाहिर निकालेर शव जाँच मुचुल्का कार्य सम्पन्न गरिएको थियो । दुवै बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका इन्सपेकटर रनजनले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर