भदौ ३० , राप्रपा टिकापुरका क्षेत्रीय अध्यक्ष मान सिंह साउदले
हिन्दुराष्ट्र र राजसंस्था चाहने सबैलाई एकजुट हुन आह्वान गरेका छ्न । यहि असोज ३ गते धनगढीमा हुने हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनार्थ हुने बिशाल जनसभामा उपस्तिथिहुन सम्पुर्ण देशभक्त , रास्ट्रबादी संघ ,संस्था र बेक्तीहरुलाई सहभागिताको लागि आह्वान गरेका हुन् ।
देशमा बडदै गरेको बेथिति , भ्रस्टाचार , बेभिचारको विरुद्ध लडने देशमा एउटै शक्ति छ त्यो राप्रपा हो ।अहिले हामी कमजोर छौ अब हामीसबै मिलि यो रास्ट्रलाई निकास दिनु पर्छ , हामी सबै एकजुट हुनुको विकल्प छैन। देशले संघियता धान्न सकेको छैन , अहिले देखीयका दलहरु कस्ता छ्न हामिले भनी रहनुपर्छ जस्तो लाग्दैन ।
यो देशमा अभिभावकको रुपमा राजसंस्था रहने तथा धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने उनको भनाई छ ।
राप्रपाको आगामी कार्तिकमा हुने महाधिवेशन नेपालको राष्ट्रिय राजनीतिमा कोसेढुङ्गा हुनेछ। महाधिवेशन पछि सम्पूर्ण राष्ट्रवादी शक्तिलाई एकतावद्ध गरी हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र पुनःस्थापना तथा भ्रष्टाचार,धर्मपरिवर्तन र सर्वसत्तावाद विरुद्धमा सशक्त आन्दोलन गर्नेछौँ